जोर-बिजोर हटेपछि उपत्यकाका सडकमा भीडभाड (फोटो फिचर)

काठमाडौं : काठमाडौं उपत्यकाका सवारीसाधनमा लगाइएको जोर–बिजोर प्रणाली हटाइएपछि सडकमा भीडभाड बढेको छ। उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले सिसिएमसिसीले दिएको आदेशअनुसार आजदेखि जोर-बिजोर प्रणाली हटाएको हो। जोरबिजोर प्रणाली हटाइए पनि सार्वजनिक सवारीसाधन सञ्चालन गर्दा स्वास्थ्य मापदण्ड पूर्ण पालना गरी सञ्चालन गर्नुपर्ने उपत्यकाका जिल्ला प्रशासन कार्यालयले जनाएको छ।