पूर्वराजा ज्ञानेन्द्रप्रति देउवा आक्रोशित, शासन गर्ने मन भए चुनाव लड्न चुनौती

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्र शाहबाट दसैँका अवसरमा व्यक्त भएका अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । प्रधानमन्त्री देउवाले पूर्वराजालाई गणतन्त्रविरुद्ध नलाग्न चेतावनी दिँदै शासन गर्ने मन भए चुनाव लड्न चुनौती दिएका छन् । गणेशमान स्मृति प्रतिष्ठानले काठमाडौँमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री देउवा पूर्वराजा ज्ञानेन्द्र शाहप्रति आक्रोशित बनेका हुन् । प्रधानमन्त्री देउवाले प्रजातन्त्रको पक्षमा आफू […]