कञ्चनपुर : शुक्लाफाँटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विसनसिंह थापाले सरुवा भएर जानुअघि करार सेवामा नियुक्त गरेका पाँचजना कर्मचारीको करार सम्झौता मंगलबार रद्द गरिएको छ।सम्झौता भएकै दिनदेखि लागु हुने गरी करार सम्झौता नगरपालिकाको कार्यपालिकाको ११८ औं बैठकले रद्द गर्ने निर्णय गरेको हो।टिप्पणी आदेशका भरमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत थापाले सरुवा भएर जानुअघि करार सेवामा पाँचजना कर्मचारीलाई नियुक्त गरेका थिए।‘कर्मचारी नियुक्त गर्दा प्रशासकीय अधिकृत थापाले कुनै परामर्श गर्नु भएन। कर्मचा