सरकारले विदेशमा रहेका नेपालीलाई मताधिकार दिने गरी कानुन बनाउने

सरकारले विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको अधिकार सुनिश्चित गर्न कानुन बनाउने भएको छ । बिहीबार सार्वजनिक भएको १० दलीय गठबन्धन सरकारको नीति तथा कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार सुनिश्चित गर्न कानुनी व्यवस्था गर्ने उल्लेख गरेका छन् ।