दैनिक उपभोग्य वस्तुको अभाव हुँदैन, हल्लाको पछि नलाग्नुस् : वाणिज्य विभाग

काठमाण्डाै – बजारमा दैनिक उपभोग्य वस्तुको अभाव नहुने भएकाले अनावश्यक सामान सञ्चित नगर्न  वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आग्रह गरेको छ । बजार अनुमगनको क्रममा दैनिक उपभोग्य वस्तुको मौज्दात पर्याप्त मात्रामा रहेको र खाद्यान्न सामग्री सहज रुपमा आपूर्ति भइरहने भएकाले अनावश्यक रुपमा किनेर नथुपार्न विभागले आग्रह गरेको हो । अहिलेको विषम परिस्थितिमा  विभिन्न व्यक्ति तथा व्यवसायीहरुबाट अत्यावश्यक दैनिक उपभोग्य सामग्रीको कृत्रिम अभाव  गराउने, भ्रामक सूचना सम्प्रेषण गर्ने, सामान लुकाउने लगायतका क्रिया...