सोलुखुम्बू ः हिमाली जिल्ला सोलुखुम्बूको माथिल्लो क्षेत्रमा हिमपात भएको छ। जिल्लाको उच्च हिमाली क्षेत्रमा वर्षातसँगै हिमपात भइरहेको स्थानीयले बताएका छन्।अहिले करिब ४ हजार मिटरभन्दा माथिल्लो क्षेत्रमा हिमपात भइरहेको सगरमाथा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत भूमिराज उपाध्यायले जानकारी दिए।खुम्बू क्षेत्रमा पर्ने लुक्ला, नाम्चे खुम्जुङ, थामेलगायत क्षेत्रमा सोमबारदेखि निरन्तर वर्षा हुँदा चिसो महशुस भएको स्थानीय लामाकाजी शेर्पाले बताए। उनका अनुसार कोङदे, थामसेर्कु, आमाद