संसद विघटन प्रतिगामी कदमको अर्को कडी भएको माओवादी केन्द्रको ठहर

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अग्रगमनको पक्षमा उभिएर संघर्ष गर्न सबैमा आह्वान गर्दै संसद विघटनलाई प्रतिगामी कदमको रूपमा भर्त्सना गरेका छन्। संवैधानिक रूपमा शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्नुपर्ने भए पनि त्यसो नगरिएको उल्लेख छ। “मध्यराति नै प्रतिनिधिसभा विघटन गरी निर्वाचन घोषणा गरिएको छ। यो २०७७ सालको पौष ५ को प्रतिगामी कदमकोे अर्को कडी हो,’ विज्ञप्तिमा भनिएको छ।