काठमाडौँ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले ६ महिना नपुग्दै सरकार असफल सिद्ध भइसकेको दावी गरेका छन्।
उनले सरकारले एउटा पनि उल्लेख्य काम नगरेको पनि आरोप लगाए। वरिष्ठ नेता पौडेलले सरकारले न्यायपालिकामा समेत हस्तक्षेप गरेको भन्दै आपत्ति जनाए।
शिक्षा, स्वास्थ्य, विद्युत, रोजगारीजस्ता जनताको आधारभूत विषयमा पनि