कलेजो प्रत्यारोपणमा आत्मनिर्भर बन्दै प्रत्यारोपण केन्द्र

भक्तपुर । भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा पहिलो पटक तीन वर्षीय बालकको सफल कलेजो प्रत्यारोण गरिएको छ । केन्द्रका कार्यकारी निर्देशक एवं वरिष्ठ मिर्गौला तथा कलेजो प्रत्यारोपण शल्यचिकित्सक डा पुकारचन्द्र श्रेष्ठको नेतृत्वमा बालकको सफल कलेजो प्रतयारोपण भएको हो । केन्द्रका कार्यकारी निर्देशक डा श्रेष्ठले पर्साको वीरगञ्जका ३ वर्षीय बालकका लागि ३० वर्षीय आमाले कलेजो दान दिएको जानकारी दिए। कलेजो प्रत्यारोपण गरिएका बालकको स्वास्थ्य अवस्था सामान्य रहेको उनले बताए ।             “यसअघि यति सानो बालकको कलेजो प्रत्यारोपण गरिएको थिएन । यो पहिलो पटक हो”, डा श्रेष्ठले भने, “केन्द्रमा यो साता शुक्रबारदेखि सोमबारसम्म लगातार चार दिनमा चार वटा कलेजो प्रत्यारोपण गर्दैछौं । यो नेपालका लागि ठूलो सफलता हो ।” यसअघि केन्द्रले पुसमा एकैपटक २ जना बिरामीको कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न गरेको थियो । पुस ८ गते भक्तपुरका २२ वर्षीय छोरालाई ४७ वर्षीय बुबाले र पुस ९ गते सप्तरीका २५ वर्षीय भाइलाई ३५ वर्षीय दिदीले कलेजो दान दिएर प्रत्यारोपण गरिएको थियो । केन्द्रका कार्यकारी निर्देशक डा श्रेष्ठको नेतृत्वमा केन्द्रले २०७३ मङ्सिर २२ गते दक्षिण कोरियाका चिकित्सकको प्राविधिक सहयोगमा देशमै पहिलो पटक कलेजो प्रत्यारोपणको शुरूआत गरेको थियो । त्यसपछि भारतको म्याक्स अस्पतालकका विशेषज्ञ चिकित्सकहरुको सहयोगमा कलेजो प्रत्यारोपण हुँदै आए पनि पछिल्लो समय नेपाली चिकित्सककै टोलीले सफलतापूर्वक प्रत्यारोपण सम्पन्न गर्न थालेको छ । केन्द्रका कार्यकारी निर्देशक डा श्रेष्ठले मिर्गौलामा मात्रै नभई कलेजो प्रत्यारोपणमा पनि सफलता पाएपछि अब नेपाल कलेजो प्रत्यारोपणमा पनि आत्मनिर्भर हुन थालेको बताए । उनका अनुसार शुरूका केही वर्ष वार्षिक एक/दुई जनाको मात्र कलेजो प्रत्यारोपण गर्दै आएकामा अहिले वर्ष १० जनाको प्रत्यारोपणमा सफलता हासिल गर्न केन्द्र सक्षम भएको छ । केन्द्र स्थापनादेखि अहिलेसम्म एक हजार दुई सयभन्दा बढीको मिर्गौला प्रत्यारोपण गरिसकिएको उनले जानकारी दिए। रासस

सम्बन्धित सामग्री

अब नेपाली चिकित्सकबाटै कलेजो प्रत्यारोपण

अबदेखि नेपाली चिकित्सकले नै कलेजो प्रत्यारोपण गर्ने भएका छन् । त्रिवि शिक्षण अस्पतालमा एक बिरामीको कलेजो प्रत्यारोपण सफल भएको छ । यसअघि विदेशी चिकित्सक बोलाएर कलेजो प्रत्यारोपण हुँदै आए पनि पहिलोपटक शिक्षण...

किष्ट शिक्षण अस्पतालले गर्‍यो पहिलो पटक कलेजो प्रत्यारोपण

काठमाडौं । ललितपुरमा रहेको किष्ट शिक्षण अस्पतालले पहिलो पटक कलेजो प्रत्यारोपण सम्पन्न गरेको छ । अस्पतालका अनुसार प्रत्यारोपणका लागि कलेजो (अङ्ग) ग्रहण गर्ने र दान गर्ने शंखरापुर नगरपालिका–६ का दम्पती हुन् । किष्ट शिक्षण अस्पतालले विगत दुई वर्षदेखि मृगौला प्रत्यारोपण गर्दै आइरहेकोमा कलेजो प्रत्यारोपण सेवा पहिलो पटक सम्पन्न गरेको हो । नेपालमा प्राइभेट अस्पतालहरु मध्ये […]

त्रिवि शिक्षण अस्पतालमा दशौँ कलेजो प्रत्यारोपण

त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पताल महाराजगन्जमा दशौँ कलेजो प्रत्यारोपण सफल भएको छ । पहिलोपटक १७ जेठ ०७६ मा कलेजो प्रत्यारोपण गरेको शिक्षण अस्पतालल चार वर्षको अन्तरालमा १० वटा कलेजो प्रत्यारोपण गर्न...

शिक्षण अस्पतालमा आठौँपटक सफलतापूर्वक कलेजो प्रत्यारोपण

काठमाडौं : त्रिवि शिक्षण अस्पतालमा आठौँपटक कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न भएको छ। अस्पतालका कलेजो प्रत्यारोपण सर्जन प्राडा रमेशसिंह भण्डारीको टोलीले प्रत्यारोपण गरेको हो।डा. भण्डारीका अनुसार ४८ वर्षीय आफ्ना बुबालाई उनका २७ वर्षीय छोराले कलेजो दिएका थिए। प्रत्यारोपण गरिएका बिरामीको हाल स्वास्थ्य अवस्था सुधार हुँदै गएको समेत उनले बताए।प्रत्यारोपणको लागि त्रिवि शिक्षण अस्पतालको टिमलाई भारतको फोर्टिसबाट आएको चिकित्सकहरूको टिमले सहयोग गरेको थियो। यो त्रिवि शिक्षण अस्पतालको आठौँपटक सफल कले

डा टिंकरीको कलेजो प्रत्यारोपण सफल, छोराले दिए कलेजो

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट हालै मात्र अवकाश पाएका डा भिमसिंह टिंकरीको कलेजो प्रत्यारोपण सफल भएको छ। म

चितवन मेडिकल कलेजमा छैठौं कलेजो प्रत्यारोपण

२३, पुस, चितवन । चितवनको भरतपुरस्थित चितवन मेडिकल कलेजमा छैटौँ पटक कलेजो प्रत्यारोपण गरिएको छ । पुस ४ गते आइतबार, कैलालीको धनगढी उपमहानगरपालिका– १९ का ३८ बर्षका जीवन पुजराको कलेजो प्रत्यारोपण सफल भएको कलेजले जनाएको छ । सन् २०२१ मा नेपालमा गरिएको यो पहिलो कलेजो प्रत्यारोपण भएको चितवन मेडिकल कलेजले जनाएको छ । जीवनलाई उनका […]

त्रिवि शिक्षण अस्पतालमा छैटौं कलेजो प्रत्यारोपण सफल

शिक्षण अस्पतालका कलेजो प्रत्यारोपण सर्जन प्रा डा रमेश सिंह भण्डारीले शुक्रवार राति छैटौं व्यक्तिको कलेजो प्रत्यारोपण गरिएको जानकारी दिए।

टिचिङमा ११ महिनाको बालकमा कलेजो प्रत्यारोपण

टिचिङमा पहिलो पटक बालबालिकामा कलेजो प्रत्यारोपण भएको हो। डा भण्डारीको नेतृतत्वमा भएको यो पाँचौं सफल प्रत्यारोपण हो।