मन्त्रिपरिषद् बैठकः १ सहसचिव र ३ उपसचिवको बढुवा

काठमाडौं। सरकारले सहसचिव गोविन्दप्रसाद शर्मालाई सचिवमा बढुवा गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले शर्मालाई सचिवमा बढुवा गरी कृषि तथा पशुपक्षी विकास मन्त्रालयको कृषि सचिवमा पदस्थापन गरेको कानुन मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए। बैठकले परराष्ट्र सेवाका तीन उपसचिवहरू सूर्य भट्टराई, घनश्याम लम्साल र तेजबहादुर क्षेत्रीलाई सहसचिवमा बढुवा गर्दै परराष्ट्र मन्त्रालय वा यस अन्तर्गतका कार्यालयमा पदस्थापन गर्ने निर्णय समेत गरेको छ।

सम्बन्धित सामग्री

मन्त्रिपरिषद् बैठक : पन्थ सचिवमा बढुवा

सरकारले प्रशासन सेवातर्फका सहसचिव रविलाल पन्थलाई सचिवमा बढुवा गरेको छ । मंगलबार अपरान्ह बसेको मन्त्रिपरिषद् बैठकले पन्थलाई नेपाल सरकार प्रशासन सेवातर्फ राजपत्राङ्कित विशिष्ट श्रेणी सचिव पदमा बढुवा गरेको हो ।

देउवाले डाके मन्त्रिपरिषद् बैठक, तीन जना सचिवमा बढुवा हुँदै

काठमाडौँ । प्रधानमन्त्री शेर बहादुर देउवाले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । आज दिउँसो ४ बजे सिंहदरवारमा बस्न लागेको बैठकले प्रशासन सेवाका दुई र स्वास्थ्य सेवाका एक गरी तीन जनालाई सचिवमा बढुवा गर्नेसँगै अन्य केही महत्त्वपूर्ण निर्णय गर्नेछ । आज बढुवा हुने सचिवहरूमा ज्येष्ठताबाट वरिष्ठ सहसचिव किरण राज शर्मा रहेका छन् भने कार्यसम्पादन मूल्याङ्कनबाट सिफारिस सहसचिवत्रय […]