पूर्वी तराईमा नगदेबालीका रुपमा चिनिएको जुट खेती हाल लोप हुँदै गएको छ । दुई दशक पहिला मोरङमा झण्डै ४० हजार हेक्टरमा जुटखेती हुने गरेकोमा हाल ५ हजार हेक्टरमा सीमित भएको छ । पहिले मोरङका प्राय सबै स्थानीय तहमा जुटको खेती हुन्थ्यो भने अहिले सीमावर्ती क्षेत्रमा धनपालथान, जहदा, सुनवर्षी, रतुवामाई र रंगेली क्षेत्रका किसानले जुट खेतीको बिँडो मात्रै थामेका छन् ।