नागढुंगा-सिस्नेखोला सुरुङमार्ग निर्माणको तयारी शुरु

काठमाडौं : काठमाडौं भित्रने सहज मार्गका रुपमा हेरिएको नागढुंगा-सिस्नेखोला सुरुङमार्ग निर्माणको तयारी शुरु भएको छ। सुरुङमार्ग निर्माणको जिम्मेवारी पाएको जापानी निर्माण संस्था हाजमा आङ्दो कर्पोरेशनले निर्माणस्थल नजिकै कार्यालय स्थापना गर्ने, प्रविधि र जनशक्तिको व्यवस्थापनलगायतका काम अघि बढाएको हो। सडक विभागको समन्वयमा त्यस स्थानमा कार्यालय भवन निर्माण गर्न शुरु गरिएको सडक विभाग, विकास