डोटी– डोटीको शिखर नगरपालिका–३ का किसान बम कार्कीले चैते धानखेती गर्न थालेको २० वर्ष भयो । उनी चैते धानमात्रै वर्षमा १० देखि १५ क्विन्टल फलाउँछन् । वर्षमा दुई बाली धान भित्र्याउँदा दोब्बर फाइदा हुने कार्कीले बताए । यो वर्षका लागि उनले चैते धानको बेर्ना छरिसकेका छन् । ‘गहुँ काटिसकेपछि जमिन बाझो छोड्नुभन्दा चैते धान रोप्नु […]
कञ्चनपुर– चैते धानखेती गर्ने किसानलाई कृष्णपुर नगरपालिकाले ८० प्रतिशत अनुदानमा बीउ उपलब्ध गराउने काम अगाडि बढाएको छ । नगरपालिकाको कृषि विकास शाखाको आव २०८०-८१ को वार्षिक स्वीकृत कार्यक्रमअनुसार किसानलाई अनुदानमा चैते धानको बीउ उपलब्ध गराउन थालिएको हो । किसानको मागका आधारमा बीउ वितरण गरिने नगरपालिकाको कृषि विकास शाखाका प्रमुख लालबहादुर धामीले बताए । धान उत्पादनमा […]
पर्वत– सडक र राजमार्ग विस्तारका कारण घडेरी विस्तार भइरहेका कारण लोप हुँदै गइरहेको अवस्थामा पुगेको चैते धानखेती पर्वतको पाँटफाँटमा फस्टाउँदै गएको छ । चैत महिनामा रोपेर असार अन्तिम साता काट्ने धान चैते धान अहिले पाङको फाँटैभरी भुलेको हो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना धान जोन एकाइ पर्वतको सहायतामा चैते धानखेती विस्तार गरिएको हो । हिउँदमा […]
कैलालीको बाढीका कारण वर्षे बाली हुने क्षेत्रमा प्रदेश सरकारले एक सय हेक्टरमा चैते धान खेती विस्तार गरेको छ । कैलालीको भजनी, टीकापुर, घोडाघोडी नगरपालिका तथा जोशीपुर र कैलारी गाउँपालिकामा चैते धानखेती विस्तार गरिएको छ । कैलाली जिल्लामा गत वर्ष एक हजार ८० हेक्टरमा चैते धानखेती गरिएको थियो । अहिले ती क्षेत्रमा चैते धान रोपाइँको चटारो […]
बाँके । सिक्टा सिँचाइको पानी नियमित हुन नसक्दा जिल्लाका किसान निराश भएका छन् । सिक्टाको पानीको भरमा चैते धानखेती गर्दै आएका कोहलपुर नगरपालिका–१५, पर्सेनीपुरका किसानले यस वर्ष खेती गरेका छैनन् ।
घर नजिकैको किरण नालामा सिक्टाको पानी आउन थालेपछि विगतका वर्षमा चैते धानखेती गरे पनि यस वर्ष पानी नियमित हुन नसक्दा खेती नगरिएको स्थानीय कृषक ज्ञानबहादुर नेपालले बताए । लामो समयदेखि कृषि पेसामा आबद्ध नेपालले सिक्टाको नहर घर नजिकै पुगेपछि अन्य किसानलाई सिकाइ हुने भन्दै चैते धानको खेती गरेका थिए ।
‘पानीको भरोसा भएन, कहिलेकाहीं छाड्ने पानीमा भर पर्न सकिएन,’ कृषक नेपालले भने, ‘विगतमा चैते धान लगाउन सकिन्छ भनेर यहाँका किसानलाई जानकारी गराइयो, यस वर्ष नहरमा नियमित पानी नआएपछि धानखेती गर्न सकिएन ।’
सिक्टाको पानी नियमित हुँदा किसानले एकवर्षमै शुरुमा वर्षे धान, त्यसपछि हिउँदमा मसुरो हुँदै चैतमा चैते धानखेती गरी तीन बाली स्याहार्ने गरेका थिए । नहरमा पानी नियमित हुँदा खेती किसानी गर्दै आएका किसान निराश हुन पुगेको कोहलपुर–१५ का वडाअध्यक्ष दीपेन्द्र चौधरीले बताए ।
सिक्टा सिँचाइ आयोजनाले चैते धान रोपाइँलाई ध्यानमा राखी विगतमा पश्चिमी मूल नहर र पू्र्वी नहरबाट पानी सञ्चालन गरेपछि किसानको खेत सिञ्चित हुँदै आएको थियो । नहर सञ्चालन कार्यतालिका अनुसार पश्चिमी र पूर्वी मूल नहरमा पानी छाडिएको आयोजनाका सूचना अधिकृत विशाल यादवले बताए ।
उनका अनुसार कार्यतालिका अनुसार हिउँदे बालीका लागि फागुन १६ गतेदेखि १० दिन पानी छाडिएको छ । मूल नहरमा भत्केको प्यानल बनाउने, सफा गर्ने लगायतको काम भइरहेकाले नियमितरुपमा पानी सञ्चालन हुन सकेको छैन ।
सिक्टा सिँचाइ आयोजना नेपाल सरकारले आफ्नै स्रोतमा २०६३ माघदेखि निर्माण शुरु गरेको नेपालकै सबैभन्दा ठूलो सिँचाइ आयोजना हो । निर्माणाधीन आयोजनाको ४५ दशमलव २५ किलोमिटर लामो पश्चिमी र ५३ किलोमिटर पूर्वी नहरबाट बाँकेका ४२ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ गर्ने उद्देश्य छ । आयोजनाको मूल नहर सँगसँगै शाखा र उपशाखा नहर निर्माणको काम अझै सकिएको छैन । रासस
काठमाडौँ,८ असार । म्याग्दीको मङ्गला गाउँपालिका–२ रणवाङमा चैते धानको खेती सफल भएको छ । रणवाङका अगुवा कृषक लक्षिनबहादुर मल्लले परिक्षणका लागि गरेको चैते धानखेती सफल भएको हो । “यस क्षेत्रमा यसअघि चैते धान खेती भएको थिएन,” उनले भने “बागलुङको मुलपानीबाट बिँउ ल्याएर गरेको चैते धान खेती सफल भयो ।” माघको अन्तिम साता धुले ब्याड राखेर […]
म्याग्दी– म्याग्दीको मङ्गला गाउँपालिका–२ रणवाङमा चैते धानको खेती सफल भएको छ । रणवाङका अगुवा कृषक लक्षिनबहादुर मल्लले परीक्षणका लागि गरेको चैते धानखेती सफल भएको हो । ‘यस क्षेत्रमा यसअघि चैते धान खेती भएको थिएन,’ उनले भने ‘बागलुङको मुलपानीबाट बिउ ल्याएर गरेको चैते धान खेती सफल भयो ।’ माघको अन्तिम साता धुले ब्याड राखेर जमाएको धान […]
कलैया- बारामा आर्थिक वर्ष २०७८-०७९ मा कृषकले १५ हजार ५१० हेक्टर क्षेत्रफलमा विभिन्न जातको चैते धानखेती गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।भदैया, अगहनी धानको उत्पादकत्वभन्दा बढी उत्पादन दिने भएको हुनाले कृषकले आफ्नो साधन स्रोतबाट सिँचाइको राम्रो व्यवस्था गरेका कारण चैते धानखेतीतर्फ कृषक आर्कषित भई प्रत्येक वर्ष चैते धानको खेती दिनप्रति वृद्धि हुँदै गएको ज्ञान […]
कलैया । बारामा आर्थिक वर्ष २०७८/०७९ मा कृषकले कुल १५ हजार ५१० हेक्टर क्षेत्रफलमा विभिन्न जातको चैते धानखेती गरेको कृषि ज्ञान केन्द्रले बताएको छ ।
भदैया, अगहनी धानको उत्पादकत्वभन्दा बढी उत्पादन दिने भएको हुनाले कृषकले आफ्नो साधनस्रोतबाट सिँचाइको राम्रो व्यवस्था गरेका कारण चैते धान खेतीतर्फ कृषक आकर्षित हुँदै गएको ज्ञान केन्द्रका प्रमुख जितेन्द्र यादवले जानकारी दिए । आर्थिक वर्ष २०७७/०७८ मा कृषकले कुल १२ हजार ११५ हेक्टर क्षेत्रफलमा चैते धानखेती गरिएको थियो । गत साल भदैया धान प्रतिहेक्टर ४ दशमलव ३ मेट्रिकटन, अगहनी धान ४ दशमलव १५ मेट्रिकटनका दरले उत्पादन भएको थियो ।
यस वर्ष कृषकले हर्दिनाथ १, चैते १, २, र चैते ४ जातको धानखेती गरी १५ हजार ५१० हेक्टर क्षेत्रफलमा खेती गरिएको कृषि ज्ञानकेन्द्रका कृषि विज्ञ राजकरण चौरसियाले जानकारी दिए । चैते धान प्रतिहेक्टर ४ दशमलव ६३ मेट्रिकटनले दरले ६९ हजार ९७२ मेट्रिकटन उत्पादन भएको केन्द्रले बताएको छ । रासस
गण्डकी प्रदेशमा एकै वर्षमा एक हजार सात ३५ हेक्टर चैते धानखेतीको क्षेत्रफल घटेको छ । आर्थिक वर्ष २०७८/७९ मा सात हजार छ सय पाँच हेक्टरमा चैते धानखेती हुँदै आएकामा अघिल्लो हिउँदमा भने किसानले जम्मा पाँच हजार आठ सय ७० हेक्टरमा चैते धान लगाएका थिए ।