क्याथे प्यासिफिक हङकङ-काठमाडौँ उडान गर्ने तयारीमा

काठमाडौँ । हङकङको वायुसेवा कम्पनी क्याथे प्यासिफिकले हङकङ-काठमाडौं उडानको तयारी थालेको छ । सातामा एक दिन हङकङबाट काठमाडौँ उडान गर्न क्याथे प्यासिफिकले नेपाल उड्डयन प्राधिकरण (क्यान)सँग ‘स्लट’ मागेको हो । यो वायुसेवाले १ अक्टोबरदेखि १२ अक्टोबरसम्मका लागि स्लट मागेको थियो । एक महिनाको अवधिमा अकुपेन्सी ठीकठाक भए नियमित उडान गर्ने क्याथेको तयारी छ । कोभिडअघि हङकङबाट ड्रागन एयरले रातिमै […]