हलगोरु पाल्ने किसानलाई पोषण अनुदान - NepaliPatra

तनहुँ । तनहुँको म्याग्दे गाउँपालिकाले हलगोरु पाल्ने किसानलाई प्रोत्साहनस्वरुप पोषण अनुदान वितरण गरेको छ । गाउँपालिकाले आर्थिक वर्ष २०८०र८१ को ‘हलगोरु पोषण अनुदान कार्यक्रम’अन्तर्गत हलगोरु पाल्ने किसानलाई अनुदान वितरण गरेको हो । पालिकाले सातवटै वडाका किसानलाई एक हल गोरुबापत जनही चार हजारका दरले रकम वितरण गरेको पशु सेवा शाखा प्रमुख डा।विनय शाहले जानकारी दिए । […]