भरतपुर महानगरपालिका–१२ मा कोठा भाडा गरी बस्ने एक युवतीको चाउचाउ र बिस्कुट अभियान अहिले आएर निःशुल्क खाना अभियानमा परिणत भएको छ । कोरोना कहरको समयमा काममा जाँदै गरेकी धादिङ जोगिमारा घर भएकी २३ वर्षिया पवित्रा रिजाल अहिले सडकमा रहेका बेसहाराहरुलाई खाना बनाएर खुवाउन तल्लिन छिन् । चौधरी ग्रुपको चाउचाउ डिलरमा काम गर्दै आएकी उनी काममा जाँदै गर्दा सडकमा भोका रहेकाहरुलाई निषेधाज्ञाको समयमा चाउचाउ बिस्कुट किनेर खुवाउने गर्थिन् । उनले भनिन्, “आजभन्दा २१ दिनअघि चाउचाउ बिस्कुटबाट