काठमाडौं : आयोजक क्यामरुन अफ्रिका कप अफ नेसन्स फुटबलमा तेस्रो भएको छ। शनिबार राति भएको खेलमा बुर्किना फासोलाई टाइब्रेकरमा ५–३ गोलले हराउँदै क्यामरुन तेस्रो भएको हो।निर्धारित समयको खेल ३–३ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरबाट गरिएको थियो। निर्धारिय समयमा बुर्किना फासोले तीन गोलको अग्रता लिएपनि जोगाउन सकेन। २४औँ मिनेटमा स्टिभ यागोले गोल गर्दै बुर्किना फासोलाई सुरुवाती अग्रता दिलाए। ४३औँ मिनेटमा क्यामरुनका आन्द्रे ओनानाले आत्मघाती गोल गरेपछि बुर्किना फासोले अग्रता