काठमाडौं, पुस १९ । जनता समाजवादी पार्टी (जसपा) नेपालको राजनीतिक समितिको बैठक आजपनि बस्दैछ । बैठक अहिले बिहान ११ बजे पार्टी कार्यालय बालकुमारीमा बस्नेछ । आइतबारबाट सुरू भएको बैठकमा सरकारमा सहभागी हुने वा नहुने भन्ने बारेमा छलफल चलिरहेको छ । साथै गत निर्वाचनको समीक्षा र समसामयिक राजनीतिका बारेमा पनि छलफल भइरहेको छ ।