स्थानीय तहको चुनावलाई पछि सारेर वैशाखमा प्रतिनिधि सभाको चुनाव गर्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ गठबन्धनमा राखेको प्रस्तावले राजनीति तरंगित छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सत्ता गठबन्धन स्थानीय तहको चुनाव पर धकेलेर राजनीतिक अस्थिरता फैलाउन खोजेको आरोप लगाउँदै आएको छ ।
प्रतिपक्षी दलको आरोप पुष्टि हुनेगरी गठबन्धनमा स्थानीय तहको भन्दा पहिला प्रतिनिधि सभाको चुनाव गर्ने विषयले बहसको स्थान पाएको छ । स्थानीय तहको चुनाव सारेर वैशाखमा प्रतिनिधि सभाको चुनाव गर्ने प्रस्तावप्रति कांग्रेसका विरोध...