महानगरीय ट्राफिक प्रहरीले होलीमा अमर्यादित ढंगले सवारी साधन चलाउने १०६ जनालाई कारबाही गरेको छ।
बिहीबार ट्राफिक प्रहरीले राजधानीका विभिन्न ठाउँबाट सय बढीलाई कारबाही गरेको हो। ट्राफिक प्रहरी महाशाखाले होलीलाई व्यवस्थित, सुरक्षित र मर्यादित बनाउन काठमाडौँमा १३ सय बढी ट्राफिक प्रहरी परिचालन गरेको थियो।