काठमाण्डौ – प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको आज मङ्गलवार बसेको बैठकले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मातहतका सम्बन्धित निकायहरूलाई नेपालको ऐतिहासिक सन्धि, सम्झौताको अभिलेख राख्न आग्रह गरेको छ ।
समितिका सभापति रामनारायण बिडारीले लिपुलेक, लिम्पियाधुरा, कालापानी समेटिएको नेपालको चुच्चे नक्सासमेत अभिलेखालयमा अद्यावधिक गरेर राखिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘अभिलेखालयमा नेपालको सन्धि, सम्झौता छ कि छैन ? अहिलेसम्म भएका सन्धि, सम्झौताको लिस्ट हुुनुपर्यो । चुच्चे नक्सा ...