अमेरिकाले मंकिपक्सलाई जनस्वास्थ्य आपतकाल घोषणा गरेको छ। ७० भन्दा बढी देशमा फैलिसकेको मंकिपक्सलाई विश्व स्वास्थ्य संगठनले केही समय अघि नै ‘पब्लिक हेल्थ इमरजेन्सी अफ इन्टरनेश्नल कन्सर्न’ घोषणा गरेको थियो।
अगस्ट ३ सम्ममात्र अमेरिकामा ६ हजार ६०० भन्दा बढीमा मंकिपक्स संक्रमण देखिएको छ। अमेरिकी स्वास्थ्य मन्त्री जेभियर बेसेरराले मंकिपक्सलाई गम्भीरतापूर्वक लिनुपर्ने…