असोज २४, नयाँदिल्ली (भारत) । भारतीय व्यापारी मुकेश अम्बानी विश्वका खर्बपतिहरुको सूचीमा परेका छन् ।
एशियाकै सबैभन्दा धनी व्यक्ति अम्बानी ब्लुम्बर्गको अर्बपतिहरुको सूचीमा खर्बपति क्लबमा उक्लिएका हुुन् । यो सूचीमा पर्ने व्यक्तिको नेटवर्थ कम्तिमा पनि १ खर्ब डलर छ ।
ब्लुम्बबर्ग बिलेनियर इन्डेक्स अनुसार अम्बानीको नेटवर्थ १ खर्ब ६ अर्ब डलर रहेको छ । यस वर्षको अहिलेसम्मको अवधिमा उनको सम्पत्ति २३ अर्ब ८० करोड डलरले बढिसकेको छ ।
सो सूचीमा ११ जना व्यापारी रहेका छन् । यसमा अम्बानी सबैभन्दा पुछारमा छन् । सूचीको शीर्ष स्थानमा २ खर्ब २२ अर्ब नेटवर्थसहित अमेरिकी विद्युतीय सवारी निर्माता कम्पनी टेस्लाको सीईओ एलन मस्क छन् ।
दोस्रो स्थानमा १ खर्ब ९० अर्ब ८० करोड नेटवर्थ सहित जेफ बेजोस छन् । यस सूचीमा रहेका अन्य व्यक्तिहरुमा बर्नार्ड आर्नल्ट, बिल गेट्स, ल्यारी पेज, मार्क जुकरबर्ग, सेर्गे ब्रिन, स्टिभ बाल्भर र वारेन बफेट छन् । एजेन्सी