लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा मित्रवत् प्रतिस्पर्धा गर्ने गठबन्धनको तयारी

केन्द्रीय सत्तारुढ गठबन्धनले आपसमा तालमेलसहित स्थानीय तहको निर्वाचनमा जान निर्देशन दिए पनि गठबन्धनमा आवद्ध दलहरु लुम्बिनी प्रदेशका केही जिल्लामा मित्रवत् प्रतिस्पर्धा गर्ने सहमतिमा पुगेका छन् । १०९ स्थानीय तह रहेको लुम्बिनी प्रदेशमा रुपन्देही, बाँके, रोल्पा, कपिलवस्तु, नवलपरासी, प्युठानका केही स्थानीय तहमा गठबन्धन दलहरुबीच मित्रवत् प्रतिस्पर्धासहित चुनावमा जाने सहमति भएको हो । गठबन्धन घटकबीच आफू बलियो रहेको भन्दै पालिका प्रमुख पदका लागि आपसमै हानथाप भएपछि यस्तो सहमति गरिएको हो ।रुपन्देहीमा १६ स्