वैशाख ९, काठमाडौं । नेपाल बैंक लिमिटेडले काठमाडौं मलमा क्यूआर कोड सेवा शुरु गरेको छ ।
बैंकले मल परिसरमा एटीएम सञ्चालन गर्नेबारे काठमाडौं मलसँग बुधवार सम्झौता समेत गरेको छ ।
उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारी र काठमाडौं मल व्यवस्थापक कम्पनीको तर्फबाट प्रमुख व्यवस्थापक विष्णुहरी ढकालले हस्ताक्षर गरेका हुन् ।
यसैगरी बैंकले मलका व्यवसायीहरुलाई सहुलियत दरमा बिनाधितो कर्जा पनि उपलब्ध गराउने सम्झौता भएको जानकारी दिइएको छ ।