रुकुम पश्चिममा दिनहुँजसो झडप, असुरक्षित बन्दै निर्वाचन

चुनावी प्रचारप्रसारका क्रममा आइतबार दिउँसो रुकुम पश्चिमको चौरजहारी नगरपालिका–१० खोलागाउँमा माओवादी केन्द्र र कांग्रेस कार्यकर्ताबीच झडप भयो । २ जना घाइते भए । प्रहरी तुरुन्तै घटनास्थलमा खटियो र थप क्षति हुन पाएन ।