प्रतिनिधिसभा विघटनः सरकारी पक्षको बहस सकियो, सभामुखका तर्फबाट आइतबार

काठमाडौं। सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनसम्बन्धी रिट निवेदनमा सरकारी पक्षका कानून व्यवसायीको बहस आजदेखि सकिएको छ। महान्यायाधिवक्ता रमेश बडालले सोमबार सरकारी पक्षको बहसको प्रारम्भ गरेका थिए। सरकारी पक्षलाई १५ घण्टाको समय दिइएको थियो। त्यसमा सरकारी वकिल र प्रधानमन्त्रीका वकिलले सातसात घण्टा बहस गरेका थिए। त्यही समयबाट सभामुखका वकिललाई एकघण्टा समय छुट्याइएको छ। उनको तर्फबाट आइतबार बहस हुनेछ।