नेपाल बिस्कुट उत्पादक संघले आगामी आर्थिक वर्षको लागि प्रस्तुत बजेट स्वागत योग्य रहेको बताएको छ । बिस्कुट जस्तो स्वदेशी उद्योगको उत्थानको लागि नेपाल सरकारले गरेको सकारात्मक निर्णयले देशभरिका बिस्कुट उद्योगीहरू आशावादी रहेको महसुस गर्दै संघले नेपाल सरकार प्रति धन्यवाद व्यक्त गरेको हो । विज्ञप्तिमा भनिएको छ, 'बिस्कुट उत्पादन गर्दा चाहिने पाम आयल, पामोलिन लगायतका कच्चा पदार्थ नेपालमा उत्पादन नहुने हुँदा बिदेशबाट नै आयात गर्नु पर्ने बाध्यता छ । उद्योग विभागको सिफारिसमा बिस्कुट उद्योगले