काराकस: भेनेजुएलाको राजधानी काराकस र अन्य शहरहरुमा विगत एक हप्तादेखि लोडसेडिङ भइरहेको छ। बिजुली कटौतीको समस्यासँगै भेनेजुएलियनहरु अहिले खानेपानीको खोजीमा छन्।
घरमा पानी पुर्याउने पम्पहरुले बिजुलीको कटौतीका कारण पानी ढुवानी गर्न छोडेका छन्।
केही स्थानमा छोटो समयका लागि बिजुली आउँदा त्यहाँका बासिन्दाहरुले थोरै भएपनि पानी जम्मा गर्न सफल रहे।