राष्ट्रिय सभामा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको विरोधी नेताहरुको फोन ट्यापिङ भइरहेको भन्ने निवर्तमान मन्त्रीको भनाइप्रति सरकारको जवाफ माग गरेको छ । शुक्रवार बसेको राष्ट्रिय सभा बैठकमा कांग्रेस सांसद जीतेन्द्र नारायण देवले फोन ट्यापिङका लागि ४० करोडको मेसिन ल्याइएकोबारे सरकारको जवाफ माग गरेका हुन् ।
‘४० करोडको मेसिन आएको छ, विरोधी नेताको फोन ट्यापिङ लागेको छ भनेर निवर्तमान एक मन्त्रीले भन्नु भएको छ । गैरकानूनी र फौजदारी अपराधमा हो,’ देवले भने, ‘यदि होइन भने राम्रो हो ? भुपु मन्त्रीले भन्...