काठमाडौं । महिलाहरुले महिनावारीको समयमा प्रयोग गर्ने स्यानिटरी प्याडमा सरकारले लगाएको कर र मुल्यवृद्धीको विरोध गर्दै युवायुवतीले सडकमा प्रदर्शन गरेका छन् । प्याड नि:शुल्क वितरण गर्नुपर्नेबारे बहस भइरहेका बेला व्यापारीले मूल्यवृद्धि गरेपछि युवायुवतीले सडकमै सुतेर सांकेतिक विरोध गरेका हुन् । प्रदर्शनकारीले ‘रातो कर, खारेज गर’, ‘सरकार महिनावारीमा कर कहिलेसम्म ?’ भन्दै अर्थमन्त्रीसँग जवाफ खोजेका छन् […]