विराटनगरकी रेश्मा सुवालले अस्ट्रेलियाको विद्यार्थी भिसा लिएर बसेको एक वर्ष भयो । अन्तर्राष्ट्रिय विद्यार्थीका लागि बोर्डर खुल्ने आशामा अनलाइन पढिरहेकी उनले अहिलेसम्म यसबारे कुनै निर्णय भएको जानकारी पाएकी छैनन् । त्यस्तै, काठमाडौंका विकल श्रेष्ठ उच्च शिक्षा अध्ययनका लागि अस्ट्रेलिया जान पाउने आशामा एक वर्षदेखि कुरेर बसिरहेका छन् ।