मापदण्डविपरीत नदी उत्खनन गर्ने १९ वटा ट्रयाक्टर प्रहरी नियन्त्रणमा

नवलपरासी : पूर्वीनवलपरासीमा नदीजन्य पदार्थको अवैध चोरीनिकासीका लागि प्रयोग गरिएका १९ वटा ट्रयाक्टर प्रहरीले नियन्त्रणमा लिएको छ।मंगलबार जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट सुस्ता पूर्वको टोली, प्रहरी चौकी तम्सरिया र अस्थायी प्रहरी पोस्ट डण्डाको टोलीले विभिन्न स्थानबाट १९ वटा ट्याक्टर नियन्त्रणमा लिएको हो। विनयी त्रिवेणी गाउँपालिका–२ स्थित विनयी खोलाबाट १२ वटा तथा तम्सरिया र डण्डाको टोलीले हुप्सेकोट–१ बेल्हुवा र कावासोती–१६ को पत्थर खोलाबाट सातवटा ट्रयाक्टर नियन्त्रणमा