एमाले महाधिवेशन : कोही भोट माग्दै, केही बधाई दिँदै (फोटोफिचर)

चितवन । चितवनको सौराहामा जारी नेकपा एमालेको दसौं महाधिबेशनमा सोमबारको दृष्य अलि फरक थियो । पार्टी अध्यक्ष केपी शर्मा ओलीले आइतवार दिनभर सर्वसम्मत्तिको प्रयाश गरे पनि सम्भव नभएपछि सोमवार निर्वाचन हुने पक्का भएको थियो ।केही पदमा सर्वसम्मत नेतृत्व चयन भएको छ भने अध्यक्षलगायत केही पदमा निर्वाचन हुने भएको छ । सर्वसम्मत भएकाहरु कार्यकर्ताको बधाई लिँदै […] The post एमाले महाधिवेशन : कोही भोट माग्दै, केही बधाई दिँदै (फोटोफिचर) appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

सम्बन्धित सामग्री

एमाले महाधिवेशन: मतदानस्थलमा भोट माग्दै ओली पक्षले बाँड्यो पर्चा, रावलको आपत्ति

एमालेको दसौँ महाधिवेशनअन्तर्गत पदाधिकारी र केन्द्रीय सदस्य चयनका लागि मतदान चलिरहेका बेला भीम रावलसहितका उम्मेदवारलाई मत नदिन भन्दै पर्चा बाँडिएको छ । यसअघि एमालेको विधानअनुसार प्यानल बनाएर लड्न नपाइने भनिए पनि संस्थापन पक्षले प्यानलसहितको सूची मतदातालाई बाँडेको छ ।

एमाले महाधिवेशन : उम्मेदवारहरू हात जोड्दै भोट माग्दै

नेकपा एमालेको दशौं महाधिवेशनमा विभिन्न पदमा उम्मेदवार बनेका नेताहरु भोट माग्न व्यस्त देखिएका छन् । उम्मेदवारी दर्ता लगत्तै निवर्तमान अध्यक्ष केपी शर्मा ओलीदेखि लिएर अध्यक्ष पदमै उम्मेदवारी दिएका भीम रावल, अन्य पदका उम्मेदवारहरूले महाधिवेशन स्थलमा हात जोडेर भोट माग्न थालेका हुन् ।उम्मेदवारी दर्तापछि ओलीले महाधिवेशन आयोजनास्थलमा घुमेर महाधिवेशन प्रतिनिधिहरुसामु भोट माग्न थालेका हुन् । उनले महाधिवेशन आयोजनास्थलको चारैतिर हात जोडेर घुम्दै महाधिवेशन प्रतिनिधिसँग भोट मागेका हुन् । यसैगरी रावलले पनि उम

एमाले महाधिवेशन: अध्यक्ष पदका लागि भोट माग्दै भीम रावल

नेकपा एमालेको जारी १०औं महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने तयारी गरेका उपाध्यक्ष भीम रावलले मत माग्न थालेका छन् । शनिबार बन्द सत्र सुरु हुँदै गर्दा नेता रावलले आफूलाई मतदान गरी जिताउन प्रतिनिधिहरू समक्ष आग्रह गरेका छन् ।