कोरोनाका कारण विश्वभर फुटबलका गतिविधि ठप्प हुँदा फिफा वरियता यथावत

काठमाडौं : विश्व फुटबल महासंघ (फिफा)को नयाँ वरियतामा नेपाल यथावत रहन सफल भएको छ। फिफाले बिहीवार सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल १७० औँ स्थानमा रहेको हो। गत महिना पनि नेपाल १७०औँ स्थानमै रहेको थियो। नेपाल दक्षिण एशियाली राष्ट्रमा भने तेस्रो स्थानमा रहेको छ। नेपालभन्दा अगाडि भारत र माल्दिभ्स छन्।