कतारमा हुने विश्वकपमा छोटो अवधिका लागि शून्य लागतमा कामदार पठाउँदै नेपाल

काठमाण्डौ – कतारमा हुने विश्वकप फुटबलमा छोटो अवधिका लागि नेपाली श्रमिक लैजान  नेपाल सरकारले अनुमति दिएको छ ।  आउँदो नोभेम्बरदेखि कतारमा सुरु हुने विश्वकप फुटबलको समयमा कतारका विभिन्न कम्पनीले छोटो अवधिका लागि नेपाली श्रमिक लिन चाहेको र नेपाल सरकारले श्रम स्वीकृति प्रदान गरेर नै श्रमिक पठाउने निर्णय गरेको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव तथा रोजगार व्यवस्थापन महाशाखाका राजिव पोख्रेलले जानकारी दिनुभयो ।  उहाँले भन्नुभयो ‘विश्वकप फुटबलमा छोटो अवधिका लागि ने...