नेपालमा औपचारिक रूपमा कर प्रणाली लागू गरिएको ६ दशक अवधि बिते पनि कर प्रणालीमा निकै न्यूनमात्र नागरिक सहभागिताले राज्यको कर परिचालन क्षमताको कमजोर पक्ष उजगार गरेको छ । अहिलेसम्म राज्यको मूल कर प्रणालीमा कुल जनसंख्याको १० प्रतिशतमात्र करको दायरामा समेटिनु र त्यसमध्ये पनि नियमित कर तिर्नेहरूको अनुपात निकै कम रहनुले कर प्रणाली सुधारका लागि विगत केही दशकयता चालिएका प्रयासहरू सार्थक नभएको देखिन्छ । कर प्रणालीमा कम सहभगिताका दुईवटा अर्थ हुन्छन्— या त नागरिकहरूको कर तिर्ने क्षमता वा सामथ्र्य नै कम छ वा उनीहरू औपचारिक रूपमा कर प्रणालीमा समेटिन चाहँदैनन् ।