छानबिनका लागि मार्ग प्रशस्त गर्न मुख्य रजिष्ट्रार कुँवर बिदामा बसे, पन्थीलाई कामुको जिम्मेवारी

सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार लाल बहादुर कुँवर असोज ९ गतेसम्म बिदामा बसेका छन् । सर्वोच्च अदालतको भवन निर्माणसम्बन्धमा छानबिन हुने भएपछि उनी असोज ९ गतेसम्म बिदामा बसेका हुन् । कुँवर साढे दुई महिना विदामा बसेसँगै सर्वोच्चका रजिष्ट्रार नारायण पन्थीलाई कामु मुख्य रजिष्ट्रारको जिम्मेवारी दिइएको छ । कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले पन्थीलार्य कामु मुख्य रजिष्ट्रारको जिम्मेवारी दिएका हुन् । निर्माणाधीन सर्वोच्च अदालत र भक्तपुर जिल्ला अदालतको भवनमा भ्रष्टाचार भएको भन्दै कामु प्रधान