पाँचौँ गोलबजार मेयर गोल्डकपको उपाधि वीरगञ्ज युनाईटेडलाई

सिरहा, २६ माघ । पाँचौँ गोलबजार मेयर गोल्डकप २०७८ को उपाधि हात पार्न वीरगञ्ज युनाईटेड पर्सा सफल भएको छ ।  गोलबजार प्रतिभा क्लब, सिरहा र वीरगञ्ज युनाईटेड पर्साबीच आज भएको फाइनल खेलमा शून्यको विरुद्ध एक गोल गर्दै वीरगञ्ज दुई लाख १५ हजार नगद हात पार्न सफल भएको हो ।उनीहरूलाई गोलबजारका मेयर देवनाथ साहले पुरस्कार हस्तान्तरण गरेका थिए । गोलबजार खेल ग्राममा सम्पन्न मेयर गोल्डकपको फाइनलमा जर्सी नम्बर १० का खेलाडी विवेक चौधरीले गोलमा परिणत गरेका थिए । निकै रोमाञ्चक र प्रतिस्पर्धा खेलमा सोही गोलले