केही महिनापछि सम्मानजनकरूपमा राजीनामा दिएर बाहिरिने प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको प्रस्ताव न्यायाधीशहरूले अस्वीकार गरेका छन् ।
न्यायाधीशहरूका तर्फबाट गठित वार्ता टोलीले उक्त प्रस्ताव स्वीकार्य नभएको जानकारी प्रधानन्यायाधीश जबरालाई गराएको स्रोतले लोकान्तरलाई जानकारी दियो ।
प्रधानन्यायाधीशले तत्काल मार्गप्रशस्त गर्नुपर्ने पक्षमा रहेका न्यायाधीशहरू आज इजलासमा समेत बसेका छैनन् ।
सोमवार बन्दी प्रत्यक्षीकरणको मुद्दा मात्र हेरेका न्यायाधीशहरू प्रधानन्यायाधीशको प्रस्तावमा असहमति जनाउँदै मंगलवार इजलासमा समेत नबसेका हुन् ।
बन्...