काठमाण्डौ – आउँदो आइतबारदेखि सुरु हुने दोस्रो चरणको खोप अभियान २० दिनसम्म चल्ने भएको छ ।
पहिलो १० दिनमा ६५ वर्षभन्दा माथिका र त्यसपछिका १० दिनमा ५५ वर्षदेखि ६४ वर्ष उमेर समूहका व्यक्तिलाई खोप दिइने स्वास्थ्य मन्त्रालयले जनाएको छ । खोप लगाउने व्यक्तिहरुले उमेर खुल्ने परिचयपत्र तथा स्थानीय निकायको सिफारिस लिएर खोप केन्द्रमा जानुपर्ने स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताउनुभयो ।
उहाँले कोरोना भाइरस विरुद्धको खोप विश्व स्वास्थ्य संगठनले पनि प्रयोगका लागि अनुमति दिइसकेको भन्दै कोभिसिल्ड खोप सुरक्षित ...