काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाले चुच्चे नक्सा हटाएको आरोप लगाएका छन्। केन्द्रीय सल्लाहकार परिषद्को प्रथम बैठकलाई सम्बोधन गर्दै ओलीले भने, ‘सरकारका सय दिनको प्रधानमन्त्रीले पुस्तक निकाल्नुभयो। त्यसमा चुच्चे नक्सा छैन। बुच्चे नक्सा खोजेर ल्याउनुभयो उहाँहरुको देशको नक्सा र संविधानले जारी गरेको कुरामा ध्यान जाँदैन। चुच्चे नक्साबारे गुगलले थाहा पायो तर बालुवाटारमा प्रधानमन्त्रीको कुर्सीमा बसेको प्रधानमन्त्री, प्रचण्ड र माकुनेलाई थाहा भएन।&rs