गणेशको मूर्ति आठ वर्षदेखि अलपत्र

तानसेनको गुफा चउरमा स्थापना गर्न भनेर ल्याइएको गणेशको मूर्ति आठ वर्षदेखि अलपत्र परेको छ । गणेशको मूर्ति स्थापना गरी जिल्लामा धार्मिक पर्यटक भित्र्याउने उद्देश्यले आठ वर्षअघि काठमाडौँबाट तानसेन ल्याइएको गणेशको मूर्ति अलपत्र परेको हो । तानसेनका स्थानीय बासिन्दा र काठमाडौँका पूर्वमहानगर प्रमुख केशव स्थापितको पहलमा तानसेनमा ल्याइएको गणेशको मूर्ति पछिल्लो पाँच वर्षदेखि तानसेन–१० स्थित तेल्घामा अलपत्र परेको छ । तानसेनको गुफा चउरमा गणेशधाम बनाउने उद्देश्यले गणेशको मूर्ति ल्याइए पनि गुफा चउरमा नपुगी मूर्ति पाँच वर्षदेखि तेल्घामा टहराभित्र छोपेर राखिएको छ । यसअघि तानसेनको टुँडिखेलमा तीन वर्ष गणेशको मूर्ति अलपत्र परेको थियो ।

सम्बन्धित सामग्री

अलपत्र अवस्थामा बुद्धको मूर्ति

काँक्रेबिहार परिसरमा राख्न ल्याइएको सो मूर्ति विवाद भएपछि करिब दस वर्षदेखि प्रहरी कार्यालयमा राखिएको छ ।

अलपत्र अवस्थामा बुद्धको मूर्ति

काँक्रेबिहार परिसरमा राख्न ल्याइएको सो मूर्ति विवाद भएपछि करिब दस वर्षदेखि प्रहरी कार्यालयमा राखिएको छ ।