सुदूरपश्चिम सरकारका तीन वर्ष : अपेक्षाअनुसार काम गर्न सकेन

देश संघियतामा गएर सुदूरपश्चिम प्रदेश सरकार गठन भएको तीन बर्ष बितेको छ । पर्याप्त प्राकृतिक सम्पदाका बावजुद पनि बिगतमा बिकासले पछाडी परेको सुदूरपश्चिम प्रदेशले आफ्नै आगनमा सरकार बनेपछि बिकासले गती लिने स्थानियले अपेक्षा गरेका थिए । तीन बर्ष अघि पदभार ग्रहण लगत्तै प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले केन्द्रिय राज्यका कारण पछाडी परेको सुदुरपश्चिमलाई सवैप्रदेश भन्दा सम्पन्न र स्मृद्ध बनाउने घोषणा गरेका थिए । प्रदेशका युवाहरूलाई रोजगारीका लागि भारतका विभिन्न शहरमा जानुपर्ने बाध्यताको तीन बर्षमा अन्त्य गर्ने समेत उनले घोषणा गरेका थिए । प्रदेश सरकार बनेको तीन बर्षमा जनताले अपेक्षा गरेबमोजिम कुनै काम पनि प्रदेश सरकारले गर्न सकेको देखिदैन । २०७४ फागुन ५ गते प्रदेश प्रमुख मोहनराज मल्लले प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीहरूलाई सपथ ग्रहण गराएका थिए ।