रुसी तेलको मूल्य प्रति ब्यारेल ६० डलरमा सीमित गर्न युरोप सहमत

धेरैजसो आयातमा प्रतिबन्ध लागु हुनुभन्दा केही दिनअघि नै रुसी तेलको मूल्य निर्धारण गर्ने विषयमा युरोपेली संघले सहमति गरेको छ। यसलाई विश्व अर्थतन्त्रमा दबाब नदिई राष्ट्रपति भ्लादिमिर पुटिनलाई सजाय दिने पश्चिमाहरूको प्रयासमा प्रमुख कोसेढुङ्गाका रुपमा हेरिएको छ । पोल्याण्डको स्वीकृति आवश्यक भएको सम्झौताको समाचार युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डर लेयनले ट्विटरमा पुष्टि गरेकी हुन् । […]