चितवन । भरतपुर महानगरपालिका–१५ मा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माण कार्यमा ढिलाइ भएको छ। आगामी पुस २७ गतेसम्म निर्माण सम्पन्न गर्नुपर्ने भए पनि हालसम्म ६५ प्रतिशत मात्रै काम पूरा भएको छ। बागमती प्रदेशबाट बजेट निकासा हुन ढिलाइ, निर्माण सामग्रीको मूल्यवृद्धि, मौसम परिवर्तन तथा पुरानो संरचनामा निर्माण गर्नुपर्नेलगायतका कारण काम प्रभावित भएको हो। निर्माण कम्पनीले […]
राँझा (बाँके), १० कात्तिक । गत भदौ १० गतेको भोटेकोशी बाढीमा बेपत्ता भएकाका परिवारले यस वर्षको दसैँ डीएनए परीक्षणको रिपोर्ट पर्खदै बिताएका छन् । नेपालगञ्ज उपमहानगरपालिका–२० थपुवा निवासी अनलाल रोकायले बेपत्ता आफन्तको कुनै जानकारी नआएका कारण चाडपर्वका बेलामा पनि डीएनए रिपोर्ट कुरेर बसेको बताए । “बाढीमा हराएका हाम्रा मान्छेको अहिलेसम्म अत्तोपत्तो छैन”, उनले भने, “यो वर्षको […]
एजेन्सी । इजरायलमा सम्पन्न संसदीय निर्वाचनको परिणामले इरानको विदेश नीति वा सुरक्षा रणनीतिमा कुनै प्रभाव नपार्ने इरानले स्पष्ट पारेको छ । तेहरानमा आयोजित साप्ताहिक पत्रकार सम्मेलनमा इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले इजरायलको चुनावी गतिविधिप्रति कडा टिप्पणी गर्दै यस्तो धारणा सार्वजनिक गरेका हुन् । प्रवक्ता बाघेईले पश्चिम एशियामा इजरायलको उपस्थितिले हिंसा र नरसंहारबाहेक केही पनि […]