बाँके प्रहरीले नेपालबाट भारततर्फ अवैध रुपमा लगिँदै गरेको सुपारीसहित दुई जनालाई पक्राउ गरेको छ । नेपालगञ्ज –१० स्थित जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले २ लाख ५ हजार ५०० मुल्य बराबरको सुपारी बरामद गरि भारतको रुपैडिहा बस्ने ईरफान राई र सोही स्थानका मोहमद सईदलाई पक्राउ गरेको हो ।उनीहरुले भे १ ह १८२४ र भे १ स १२१९ नम्वरको अटो रिक्साको डिकीमा लुकाई छिपाई राखेर भन्सार छलेर उक्त सुपारी भारत तर्फ पैठारी गर्न लैजाँदै थिए । अभियुक्तलाई सामानसहित आवश्यक