झापा : बिर्तामोडबाट ठूलो परिमाणको ब्राउन सुगरसहित दुईजना पक्राउ परेका छन्। कनकाई नगरपालिका–९ का २६ वर्षीय टेकराज साह र २४ वर्षीय विकास मर्डीलाई सोमबार बेलुकी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए।लागु औषध नियन्त्रण ब्युरो काँकडभिट्टा र इलाका प्रहरी कार्यालय अनारमनीको संयुक्त टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। प्रहरीले साहको साथबाट ०.५ मिलिग्राम र मर्डीको साथबाट ४.५ मिलिग्राम ब्राउन सुगर बरामद गरेको डिएसपी थापाले बताए।थप अनुसन्धान गर्दा बिर्तामो