सरकारको साझा कार्यक्रमलाई अन्तिम रूप दिइयो, चार बजे सार्वजनिक गरिने

काठमाडौं। सत्तारुढ गठबन्धनका शीर्ष नेताको बैठकले कार्यदलले तयार पारेको सरकारको न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रूप दिएको छ। आइतबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको शीर्ष नेताको बैठकले साझा कार्यक्रमलाई अन्तिम रूप दिएको हो। कार्यक्रमले अन्तिम रूप पाएसँगै अहिले दिउँसो ४ बजे सिंहदरबारमा सार्वजनिक गर्ने गठबन्धनको तयारी छ। सरकारको साझा कार्यक्रम सार्वजनिक गरेपछि मन्त्रिमण्डल विस्तारबारे छलफल सुरु हुने बताइएको छ।

सम्बन्धित सामग्री

न्यूनतम साझा कार्यक्रम मस्यौदा कार्यदलको बैठक बस्दै

सत्ता साझेदार दलहरूले आज सरकारको न्यूनतम साझा कार्यक्रम मस्यौदा कार्यदलको बैठक बस्दै छ  । कार्यदलको बैठक बिहान ११ बजे बस्न लागेको उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलका स्वकीय सचिव एम पाण्डेले रातोपाटी बताए । विहीबार सरकारको साझा