कर्णाली प्रदेश सरकारद्वारा  सार्वजनिक बिदा थप

कर्णाली प्रदेश सरकारले विसं २०७९ सालमा राष्ट्रियबाहेक  प्रदेशभर थप आठ दिन सार्वजनिक बिदा दिने भएको छ । प्रदेश सरकारको विसं २०७८ चैत्र २९ गते बसेको मन्त्रिपरिषद् बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको बताइएको छ । सरकारले सार्वजनिक बिदा गरेको निर्णय यही वैशाख ७ गते  प्रदेशको राजपत्रमा प्रकाशित गरेको छ । राजपत्रका अनुसार धान दिवसका अवसरमा दुई दिन सार्वजनिक बिदा दिने भएको हो । ऐतिहासिक दिनका रुपमा चैत्र १२ गते जुम्लालाई मात्र र असार १५ गते जुम्लाबाहेक नौ जिल्लामा धान दिवसका अवसरमा बि

सम्बन्धित सामग्री

नाग पञ्चमीको अवसरमा आज कर्णाली प्रदेशमा सार्वजनिक बिदा

कर्णाली प्रदेश सरकारले हिन्दु धर्मालम्बीहरूको पर्व नाग पञ्चमीका अवसरमा आज सार्वजनिक बिदा दिएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले एक सूचना जारी गर्दै आज सार्वजनिक बिदा दिएको हो ।‘साउन १७ गते मंगलबार साउन शुक्ल पञ्चमी अर्थात् ‘नाग पञ्चमी’ को अवसरमा कर्णाली प्रदेशस्थित सबै सरकारी तथा सार्वजनिक संघ संस्थाहरूमा सार्वजनिक बिदा दिने कर्णाली प्रदेश सरकार ‘मन्त्रिपरिषद्’बाट मिति २०७८ चैत २९ मा निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ

कर्णालीमा नाग पञ्चमीमा सार्वजनिक बिदा

काठमाडौं : कर्णाली प्रदेश सरकारले नाग पञ्चमीका अवसरमा सार्वजनिक बिदा दिएको छ ।आन्तरिक मामिला तथा कानुन मन्त्रालयले एक सूचना जारी गर्दै भोलि मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो।'साउन १७ गते मंगलबार साउन शुक्ल पञ्चमी (नाग पञ्चमी) को अवसरमा कर्णाली प्रदेशस्थित सबै सरकारी तथा सार्वजनिक संघ संस्थाहरुमा सार्वजनिक बिदा दिने कर्णाली प्रदेश सरकार (मन्त्रिपरिषद्) बाट मिति २०७८/१२/२९ मा निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ', मन्त्रालयका प्रवक्ता उ

असार १५ गते सार्वजनिक बिदा

काठमाडौँ । धान दिवसको अवसरमा असार १५ गते सार्वजनिक बिदा दिइने भएको छ । कर्णाली प्रदेश सरकारले जुम्ला बाहेकका नौ जिल्लामा धान दिवसको अवसरमा बिदा दिने भएको हो । आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ ‘कर्णाली प्रदेश सरकार(मन्त्रिपरिषद्)को २०७८ चैत्र २९ गतेको निर्णयअनुसार कर्णाली प्रदेशका जुम्लाबाहेकका अन्य नौ वटा जिल्लाहरूमा धान दिनको […]